गोकुलेश्वर । महिलालाई दुर्व्यवहार गरेको आरोपमा उदयपुरका एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका ९ का अध्यक्ष प्रकाश राउतलाई शनिबार इलाका प्रहरी कार्यालय वेल्टारले पक्राउ गरेको हो ।
स्थानीय सुर्योदय सामुदायिक वन उपभोक्ता समुह क्षेत्रभित्र पर्ने छिडी खोलामा एस्काभेटर लिएर गिट्टी उत्खनन गरिरहेका राउतसँग स्थानीय सुनिता श्रेष्ठको विवाद भएको थियो । उनले अवैद्य रुपमा नदिजन्य पदार्थ निकाल्न नमिल्ने वताएपछि राउत उनी विरुद्ध जाई लागेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अध्यक्ष राउत दौडदै श्रेष्ठमाथि हातपात गर्न पुगेको देखिन्छ । सोही आरोपमा उनलाई नियन्त्रणमा लिईएको उदयपुरका एसपी ज्ञानेन्द्र फुयलले जानकारी दिए ।
वडाध्यक्ष राउतले शुक्रवार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैद्य रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न जाँदा आफुमाथि आतपात गरेको श्रेष्ठले आरोप लगाएकी छिन् ।
वडाध्यक्ष रातउले भने आफुले कसैलाई दूव्र्यवहार नगरेको बताएका छन् । वडामा सडक निर्माणको काम चलिरहेको र गिट्टी अभाव हुन नदिन खोलामा पस्नु परेको भन्दै उनले सफाई पेश गरे ।
राउतले गत ०७९ माघमा पनि स्थानीय राकेश कुमार हुजदारलाई पनि ढुङ्गागिटीकै विषयमा कुटपिट गरी हात भाँचिदिएका थिए ।



