No.1 News Portal from Sudurpashchim Province
bajaj

ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्ने डरले दिल्ली पुगे पूर्वअख्तियार प्रमुख बस्न्यात

 गोकुलेश्वर । ललिता निवास जग्गा अनियमितता प्रकरणमा छानविन अघि बढेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात भारततिर भागेका छन् ।

पक्राउ पर्ने पूर्व सूचना पाएपछि उनी असार १२ गते एयर इण्डियाको उडान नं. २१४ बाट दिल्ली पुगेको जनाईएको छ । उनी दिल्ली पुगेको ३ दिनपछि असार १५ गते मात्रै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरायो ।

एयर इण्डियाको बिजनेश क्लासको टिकट काटेर उनी उपचार गराउने भन्दै त्यसदिन बिहान १० बजे राहदानी नम्बर १०७३४५१४ बोकी दिल्लीतिर लागेको स्रोतले जनाएको छ ।

यसअघि पनि उनी अनुसन्धान सुरु भएपछि यसैगरी भागेर दिल्ली पुगेका थिए। ०७८ पुषमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा मुख्य योजनाकार रामकुमार सुवेदीलाई पक्राउ गरेलगत्तै उनी सम्पर्क विहिन भएका थिए ।

pm office

तर, पछि मंसिरमा उनी मुद्दाको तारिख लिने क्रममा विशेष अदालतमा हाजिर भए। विशेष अदालतले पुर्पक्षका क्रममा बस्न्यातलाई थुनामा राख्नु भनी आदेश दिएपछि उनी करिव पाँच महिना डिल्लीबजार कारागारमा बन्दीको रुपमा रहे ।

पछि कोरोना संक्रमण फैलिएर अस्पताल भर्ना भएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । सर्वोच्च अदालतले २४ बैशाख २०७८ मा बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

बस्न्यातमाथि भौतिक पूर्वाधार मन्त्रालयको सचिव छँदा काठमाडौंको बालुवाटारस्थित सरकारी स्वामित्वको जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको अभियोग लागेको थियो। अख्तियारले त्यतिबेला बस्न्यातमाथि ९ करोड ६५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा अनियमितता गरेको आरोप लगाएको थियो । बस्न्यात सचिव हुँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाइसकेपछि प्रहरीको ब्यूरोले अहिले उनीमाथि कीर्ते कागजात तयार गरेको आरोपमा समेत अनुसन्धान भएको थियो। ०७२ साल चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका बस्न्यात ०७४ साल जेठ ८ अख्तियारको प्रमुख आयुक्त बनेका थिए ।

उनले २०७४ साल माघ २८ गते अवकाश पाएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.