गोकुलेश्वर । नेपालमा जलवायु परिवर्तनसँगै बढ्दो तापमानका कारण यौनहिंसाका घट्ना वृद्धि भएको एक अध्ययनको निष्कर्ष छ । तापमान वृद्धि भएसँगै यौन हिंसा वढ्ने दक्षिण एसियाली मुलुकहरु मध्ये नेपाल दोस्रो स्थानमा छन् ।
नेपाल, भारत तथा पाकिस्तानका महिलाहरुमा गरिएको अध्ययनले तापमानसँगै यौनजन्य हिंसा तीव्र रुपमा वढेको पाईएको छ । यो अध्ययन १५ देखि ४९ वर्ष उमेरका एक लाख ९४ हजार महिलामा गरिएको थियो ।
०१० को अक्टोबर १ देखि ०१८ को अप्रिल ३० सम्म संकलित तथ्यांकका आधारमा तयार पारिएको उक्त रिपोर्ट व्ब्ःब् एकथअजष्बतचथ मा प्रकाशित भएको छ । बेलायत, चीन, पाकिस्तान, अष्ट्रेलिया, जर्मनी र तान्जानियाका वैज्ञानिकहरुको समूहले यो अध्ययन गरेको हो ।

अध्ययन अनुसार जलवायु परिवर्तन तथा तापमान वृद्धिका कारण महिलामाथिको अन्तरंग पार्टनर हिंसा (आईपीभी) सन् २०९० सम्म बढेर २३.५ प्रतिशत पुग्नेछ । सन् २०९० सम्ममा भारत सर्वाधिक घरलु हिंसा र यौन हिंसा हुने मुलुक बन्नेछ भने दोस्रो स्थानमा १४.८ प्रतिशतसहित नेपाल र ५.९ प्रतिशतसहित पाकिस्तान सबैभन्दा कम लैंगिक हिंसा हुने देश बन्नेछ ।
विश्व उष्णीकरणको असर निजी सम्बन्धमा पनि पर्न थालेको छ र महिलामाथि अन्तरंग पार्टनरबाट हुने हिंसामा बढेको अध्ययनको निस्कर्ष छ । हरेक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले महिलामाथिको शारीरिक तथा यौन हिंसामा ६.३ प्रतिशतले बढ्ने जनाईएको छ ।
रिपोर्ट अनुसार वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले इन्टिमेट पार्टनर भाएलेन्स (आईपीभी) को मात्रा ४.९ प्रतिशतले बढ्दछ । शोधकर्ताहरुले यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिका कारण हुने अन्तरंग पार्टनरको हिंसामा २१ प्रतिशतले वृद्धि हुने आँकलन गरेका छन् ।
जलवायु परिवर्तन तथा उष्णीकरणको दरलाई कम गर्न नसकिएमा महिलामाथिको हिंसामा झनै बढोत्तरी हुनेछ । जसबाट सन् २१०० सम्ममा शारीरिक हिंसाका घटनामा २८.३ प्रतिशत, यौन हिंसा २६.१ प्रतिशत र भावनात्मक हिंसा ८.९ प्रतिशत पुग्नेछ।



