No.1 News Portal from Sudurpashchim Province
bajaj

सौर्य मण्डकै सबैभन्दा तातो मानिएको शुक्र ग्रहमा नासाले दुई अन्तरिक्ष मिसन पठाउने

गोकुलेश्वर। अमेरिकी अन्तरिक्ष निकाय सौर्य मण्डकै सबैभन्दा तातो मानिएको शुक्र ग्रहमा पनि दुई अन्तरिक्ष मिसन पठाउने भएको छ ।

शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाका प्रशासक बिल नेल्सनले जनाएका छन् । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो ।

pm office

‘डाभिन्ची प्लस’ नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर पत्ता लगाउनेछ । शुक्रग्रहमा कुनै समय महासागर थियो भन्ने बताइरहँदा त्यसबारेको यथार्थ पनि यसले पत्ता लगाउने नासाको दाबी छ ।

दोस्रो मिसन ‘भेरिटास’ले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहासबारे जानकारी दिने जनाइएको छ । रेडारको प्रयोग गरेर त्यहाँ ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने बीबीसीले जनाएको छ ।

पृथ्वी जीवन्त भए पनि सबैभन्दा नजिकको ग्रह शुक्र किन आगोको गोला बन्यो भन्ने जिज्ञासा अहिलेसम्म वैज्ञानिक तहमा पनि शान्त भएको छैन । यसबारेको तथ्य पनि बाहिर ल्याउने नाशाको लक्ष्य छ । -बीबीसी

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.