No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेश सरकारलाई १४ अर्ब ५८ करोड बजेट केन्द्रको अनुदान

गोकुलेश्वर। नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ मा सुदूरपश्चिम प्रदेश सरकारलाई चालु आर्थिक वर्षभन्दा ३२ करोड २० लाख बढी रकम अनुदान थप गरेको छ । सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेशलाई हस्तान्तरण गर्छ ।

चालु आर्थिक वर्षमा १४ अर्व २५ करोड ८२ लाख रकम अनुदान उपलब्ध गराएको संघिय सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई १४ अर्व ५८ करोड दुई लाख रकम विनियोजन गरेको छ ।

pm office

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अन्तर सरकारी वित्तिय हष्तान्तरण पुष्तिकामा सुदूरपश्चिम प्रदेशलाई चालुतर्फ १० अर्व ५९ करोड १७ लाख र पुँजिगततर्फ तीन अर्व ९८ करोड ८५ लाख रकम विनियोजन गरेको छ ।

प्रदेशका लागि सबैभन्दा बढी समानिकरण अनुदान उपलब्ध गराइएको छ । समानिकरण अन्र्तगत न्यूनतम अनुदान एक अर्व ७३ करोड ५८ लाख, सुत्रमा आधारित अनुदानमा छ अर्व ४६ करोड २४ लाख र कार्यसम्पादनमा आधारित अनुदानमा ३४ करोड ५८ लाख गरी आठ अर्व ५४ करोड ४० लाख विनियोजन गरिएको छ ।

यस्तै प्रदेशलाई चालुतर्फ एक अर्व ९६ करोड ३२ लाख र पुँजिगततर्फ दुई अर्व २३ करोड एक लाख गरी चार अर्व १९ करोड ३३ लाख ससर्त अनुदान विनियोजन गरिएको छ भने समपुरक पुँजिगततर्फ प्रदेशलाई एक अर्व २२ करोड ९४ लाख विनियोजन गरिएको छ ।

यस्तै संघिय सरकारले प्रदेशलाई चालुतर्फ १२ करोड ४५ लाख र पुँजिगततर्फ ४८ करोड ९० लाख गरी ६१ करोड ३५ लाख रकम विशेष अनुदान अन्र्तगत विनियोजन गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.