No.1 News Portal from Sudurpashchim Province
bajaj

१२ देखि १५ वर्ष उमेर समूहकालाई जापानमा फाइजरको काेराेना खोप दिन अनुमति

गोकुलेश्वर। जापानमा फाइजरको कोरोना भाइरस विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।

pm office

फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएको थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने अनुमति दिइएको हो ।

जापानी सरकारले गएको फेब्रुअरी महिनामा फाइजर खोपलाई अनुमति दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई खोप लगाउन सुरु गरेको थियो । यस्तै ज्येष्ठ नागरिकका लागि यही अप्रिल महिनामा खोप अभियान सुरु भएको थियो ।

जापानले नौ करोड सत्तरी लाख नागरिकका लागि फाइजरको खोप प्राप्त गरिरहेको छ । अमेरिकी कम्पनी मोडेर्ना इंकले १२ देखि १७ वर्षसम्मका बालबालिकामा यो खोपको प्रभावकारिता देखाउँदै क्लिनिकल अध्ययनको परिणाम पनि सार्वजनिक गरेको छ र केही देशमा यसको उपयोग विस्तार गर्ने तयारी गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.