No.1 News Portal from Sudurpashchim Province
bajaj

कृषिमा आत्मनिर्भर व्यवसायीक कृषिका लागि शून्य ब्याजदर

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश सरकारले बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

pm office

प्रदेश सरकारको नीति तथा कार्यक्रममा आकर्षण नारा दिएर ‘प्रदेश सरकार कृषकको सहयोगी’, ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान व्यवसायीक कृषिका लागि शून्य ब्याज, स्थानीय तह एक कृषक पाठशाला, एक जिल्ला एक उद्योग, प्रदेश प्रमुख वस्ती विकास परियोजना लगायत विषय समावेश गरिएको छ।

प्रदेश सरकारले व्यवसायीक कृषिका लागि त शून्य ब्याज नारा नै दिएर नीति तथा कार्यक्रममा राखेको छ।

त्यस्तै प्रदेश सरकारले महाकाली, कर्णाली र सेती नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने विषय पनि समावेश गरिएको छ।

प्रदेश सरकारले नीजि कम्पनीहरुसँगको साझेदारीमा पर्यटकका लागि तीन नदीमा जल यातायात सञ्चालन गर्ने भन्दै आगामी नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.