No.1 News Portal from Sudurpashchim Province
bajaj

मजदुरी गर्न नेपालगञ्जबाट दार्चुला पुगेका ‘देव’को कुटपिटबाट मृत्यु

४ जना समातिए

गोकुलेश्वर। नेपालगञ्जबाट मजदुरी गर्न दार्चुला पुगेका बाँकेका एक जनाको कुटपिटबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज उप–महानगरपालिका–१९ का ३० वर्षीय देव परियारको मृत्यु भएको हो।

उनी सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा शनिवार राती भेटिएका थिए। उनको टाउको तथा शरीरभर घाउ थिए। प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पु¥याएको थियो। उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो।

pm office

परियारमाथि कुटपिट गर्नेको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार सोधपुछका लागि चार जना समातिएका छन। घटनामा संलग्नहरुको परिचय खुलेको छैन ।

मृतक परियार मजदुरीका लागि केही दिन अघि खलंगा आएका थिए । खलंगाको एक होटेलमा नेपालगञ्जबाटै आएका अन्य चार जनासँग बस्दै आएका थिए ।

मृतकसँग बस्ने चारै जनासँग घटनाबारे सोधपुछ भइरहेको प्रहरीले बताएको छ । घटनाको सुक्ष्म रुपले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। होटलको सीसीटीभी फुटेजको पनि प्रहरीले विश्लेषण गरिरहेको छ। -साभार सीमारेखा

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.