गोकुलेश्वर। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउँद परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर आएका छन् ।

परराष्ट्रमन्त्री साउँदलाई आइतबार कञ्चनपुरबाट धनगढी पुग्नासाथ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका छन् ।
मुख्यमन्त्री कार्यालय पुगेका पराष्ट्रमन्त्री साउँदलाई मुख्यमन्त्री शाह,आर्थिक मामिलामन्त्री नरेश कुमार शाही र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवाले स्वागत गर्नुका साथै बधाई र सफल कार्यकालकोसमेत शुभकामना दिएका छन् ।
स्वागत तथा बधाई दिँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिमको समग्र विकासका लागि सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै केन्द्रमा रहेका नेताहरुले पहल गर्नुपर्ने बताएका थिए ।



