No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला तुइन घटना : बेपत्ता भण्डारीको शव भेटियो, आमालाई लिन तुइन चढेर भारततर्फ जाँदै थिए

गोकुलेश्वर।तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका—२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारीको शव भेटिएको छ ।

शनिबार दिउँसो १ बजेतिर बेपत्ता भएका भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।

pm office

उनी महाकाली नदी पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन तुइन चढेर भारततर्फ जाँदै गरेका बेला महाकालीमा बगेको आशंका गरिएको छ ।

उनकी आमा नेपालतर्फ सडक नहुँदा सामान लिएर भारतीय सडक प्रयोग गरि घर फर्किदै गरेकी थिइन् । आमा जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरालाई बोलाएको खुल्नमा आएको छ ।

मृतक भण्डारी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै दुम्लिङ घर फर्किदै गरेका थिए ।

भण्डारीको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.