No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी गाउँपालिकामा बैतडीकै बढी बेरुजु,मनपरी ९ करोड बढी खर्चियो

गोकुलेश्वर। बैतडी १० स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजू देखिने स्थानीय तहमा डिलाशैनी गाउँपालिका परेको छ ।

महालेखा परीक्षक कार्यालयको ६० औं प्रतिवेदन २०७९ अनुसार डिलाशैनी गाउँपालिका जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आएको हो ।

कुल १ अर्ब २० करोड २३ लाख ६८ हजारको लेखापरीक्षण गरिएकोमा ९ करोड २९ लाख ४० हजार अर्थात औसतमा ७.७३ प्रतिशत बेरुजु आएको महालेखाले ३० चैतमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

pm office

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षणबाट एक वर्षमा डिलाशैनीमा औँल्याइएको बेरुजु रु ९ करोड २९ लाख ४० हजार रहेको छ ।

गाउँपालिकाले आर्थिक वर्षमा गरेको आर्थिक कारोबारको विषयमा उक्त निकायको उद्देश्य तथा कार्यक्रम अनुसार प्रचलित ऐन नियम बमोजिम कारोबार नगरेको,राख्नु पर्ने लेखा नराखेको वा त्रुटि र अनियमित तरिकाले आर्थिक कारोबार गरेको हुनाले सो रकम बेरुजु आएकोे हो ।

आर्थिक कार्यविधि ऐन २०५५ अनुसार प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको सो रकम बेरुजु हो ।

बेरुजू आर्थिक सुशासनलाई कमजोर बनाउनुका साथै आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.