दार्चुला युवक-युवती मृत घटना अपडेट : युवतीको पहिचान खुल्यो,युवकको शव भीरमै
सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला
गोकुलेश्वर।दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बौलासल्याडमा अन्दाजी २३/२४ वर्षका जस्ता लाग्ने युवक र युवतीको शव फेला परेको छ ।
मृत फेला परेकी युवतीको परिचय खुलेको छ ।मृतक युवती नौगाड गाउँपालिका–४ डाडागाउँकी सञ्जिता धामी रहेकी छिन् ।
उनको शव चोटपटक लागेको अवस्थामा फेला परेको हो । युवकको शव भिरमा अडकिएको छ ।

युवतीको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा युवकको शव अड्किएको अवस्थामा छ। उनको सनाखत हुन सकेको छैन् ।
यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो ।
अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ ।
राति भएकाले युवकको शव झिक्न सकिएको छैन्। युवकको शव भोली बिहान झिकिने प्रहरी निरीक्षक भण्डारीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
बिहिबार बिहान साढे ७ बजेतिर ती युवक र युवतीसँगै बौलासल्याडमा बाटोमा बसिरहेको प्रतक्षदर्शी स्थानीयले बताएका छन्
।



