गोकुलेश्वर। दार्चुलाको दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट संकलित फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा बजार निकै दुर्गन्धीत बनेको छ ।

घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
गोकुलेश्वरका स्थानीयले धेरै समस्या भोग्नुपरेको गुनासो गरेका छन् । बजार क्षेत्रका घर,पसलबाट निस्किने फोहोर खुलेआम चमेलिया पुलबाट चौलानी नदीमा फालिरहेका छन । बजार र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन् ।



