गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिका—३ धौंकुचेकी ७५ वर्षीया गौरा नाथको जीपको ठक्करबाट मृत्यु भएको छ ।
सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले नाथलाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका बेला बुधबार अपराह्न ४ बजे ठक्कर दिएको हो ।

जीपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिले इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोली घटनास्थलमा छ ।



