No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा बुधवार ७६ जनाले कोरोना जिते

गोकुलेश्वर। दार्चुलामा बुधवार ७६ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमितमध्ये ७६ जना कोरोना संक्रमणमुक्त भएका हुन् । मंगलवार १ सय ९ जना संक्रमणमुक्त हुदा बुधवार (आज) ७६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए ।

pm office

कोरोनाको दोस्रो लहर सुरु भएयता अहिलेसम्म ४ सय २ जनाले कोरोना जितेका छन् । यसैबीच बुधवार दार्चुलामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको सिआईसिटी सहजकर्ता बोहराले बताए ।

उनका अनुसार एन्टिजेन परीक्षण गर्दा नौगाड गाउँपालिकाका ४ जना, दुुहुँ गाउँपालिकाका ३ जना र मार्मा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार ९ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ भने १० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.