गोकुलेश्वर। मदिरा जन्य विज्ञापन होडिङ बोर्ड हटाउन अपिहिमाल गाउँपालिकाले निर्देशन दिएको छ । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मदिरा जन्य विज्ञापन हटाउन स्थानीय तहलाई पत्राचार गरेको थियो ।

आज एक सूचना निकाल्दै ७ दिनभित्र मदिरा जन्य प्रचार छापिएका होडिङ बोर्ड र विज्ञापन हटाउन भनिएको छ ।
यदि निर्देशनको पालना नभए विज्ञापन नियमन गर्ने ऐन, २०७६, नेपाल जस्वास्थ्य ऐन, २०७५ बमोजिम कानूनी कारवाही गरिने बताए ।




