No.1 News Portal from Sudurpashchim Province
bajaj

करेन्ट लागेर मार्मा गाउँपालिकामा दुई बालक घाइते

गोकुलेश्वर। दार्चुला जिल्लाको मार्मा गाउँपालिका -४ बस्ने सत्य धामीका छोरा अन्दाजी ९ वर्षीय रमित धामी र सोही ठाउँका पुरन धामीकी छोरी ११ वर्षीया करिना धामी करेन्ट लागेर घाइते भएका हुन् ।

pm office

अपि हाइड्रोपावर कम्पनीले मार्मा गाउँपालिकामा निर्माण गर्न लागिएको जलविद्युत प्रयोजनका लागि विस्तार गरेको विद्युतीय लाइनमा दुबै जनालाई करेन्ट लागेको हाम्रा संवाददाता मजोज बिष्टले बताए।

मंगलबार बिहान करिब १० बजेतिर करेन्ट लागेर घाइते दुबै जनाको स्थानीय मेडिकलमा सामान्य उपचार पछी थप उपचारका लागि धनगढी रेफर गरेको छ । बाख्रा चराउन गएका बेला दुबै जना खेलिरहेका क्रममा पोलको सपोर्ट तार छुन गई करेन्ट लागेर घाइते भएको संवाददाता मजोज बिष्टले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.