गोकुलेश्वर। छबीस पाथीभेरा गाउँपालिकाको सरकारी गाडीको चरम दुरुपयोग भएको छ। गाउँपालिकाको प्रदेश ३ ०१(००२ झ ५०९१ सेतो पिलेट भएको स्कारर्फियोले अध्यक्षका भान्से कलक चलाउनेको दाइजोमा पाएको बाख्रा बोकेको पुष्टि भएको छ।

श्रिभारबाट अध्यक्षका भान्सेको दाइजो बाट पाएको बोका ल्याएर छबिसपाथिभेराको बियासीमा पुर्याएको गाउँपालिकाका ड्राइभरले बताएका छन् ।
गाउँपालिकाको सरकारी गाडीमा गाउँपालिका अध्यक्ष लगाएत सरकारी कामकाजको लागि मात्र प्रयोग हुने स्पष्ट ब्यबस्था भएपनि छबिसपाथीभेराको स्कारफियो भने अध्यक्षका भान्सेको दाइजो ओसारपसार गर्ने भाडो बनेको छ ।



