गोकुलेश्वर। गृह मन्त्रालयले दार्चुलाको नयाँ सीडिओ मा किरण जोशीलाई पठाएको छ । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुलामा सरुवा गरेर पठाएको हो।

जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ समेत बनेकि छिन।जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्ने पहिलो महिला हुन्।
बैतडीमा जन्मीएकी जोशीले यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकि छिन्।



