No.1 News Portal from Sudurpashchim Province
bajaj

सेती नदी जलविधुत आयोजनाले अव्वल जग्गाको प्रति रोपनी २५ लाख मुअब्जा दिने

अव्वल जग्गाको प्रति रोपनी रु २५ लाख दिने सहमति।

pm office

रमेश बहादुर सिंह बझाङ। सेती नदी जलविधुत आयोजनाले अव्वल जग्गाको प्रति रोपनी २५ लाख मुअब्जा दिने  सहमति भएको छ। 

सदरमुकाम चैनपुर नजिकै जयपृथ्वी नगरपालिका ४, ५ र ९ मा चिलिमे हाईड्रोले निर्माण गर्न लागेको ८७ मेगावाट क्षमताको सेती नदी –३ जलविधुत आयोजनाले प्रभावित क्षेत्रमा पर्नै जग्गाधनीहरुलाई २५ लाख लागत दिने सहमति भएको छ।

आज बसेको बैंककले मुअब्जाका विषयमा यतीवेला स्थानीयहरुले माग गरे अनुसारको मुअब्जा दिन आयोजना निर्माण कम्पनी दिन नसिके बताएको छ, भने स्थानीयहरुले कम्तीमा पनि जग्गाको मुअब्जा ३० लाख प्रति रोपनि हुनुपर्ने माग राख्दै आएका छन् ।

प्रभावित क्षेत्रमा पर्ने जग्गाको मुअब्जाको विषयमा आज जिल्ला प्रशासन कार्यालयमा मुअब्जा निर्धारण समितीको बैठक बसेको छ । आज बसेको बैठकले फेरी प्रभावित क्षेत्रमा पर्ने जग्गाको मुअब्जालाई केही हदसम्म बृद्धी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा मुअब्जा निर्धारण मुल समितीका संयोजक नारायण पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकले भोली देखी नै मुअब्जा वितरण गर्ने गरी मुअब्जा रकममा केही हेरफेर गरेको छ ।

आज बसेको बैठकले प्रभावित क्षेत्रमा पर्ने अव्वल जग्गाको प्रति रोपनी रु। २५ लाख, दोयम जग्गाको प्रति रोपनी २२ लाख, सिम खेतको प्रति रोपनी १९ लाख रुपैया मुअब्जा निर्धारण गरेको छ ।

त्यसैगरी चाहारको खेतमा प्रति रोपनि १६ लाख, पाखो चाहार तर्फ प्रति रोपनि १९ लाख, पाखो दोयम प्रति रोपनि १६ लाख ५० हजार, सिम पाखोप्रति रोपनी १४ लाख ५० हजार, चाहार पाखो प्रति रोपनी १३ लाख र पाखो जग्गा प्रतिरोपनी ११ लाख ५० हजार रुपैयाँ मुअब्जा दिने निर्णय गरेको हो ।

यस अघी आयोजना निर्माण कम्पनीले अधिकतम् मुअब्जा बाफत २३ लाख रुपैयासम्म वितरण गर्ने बताएको थियो ।

यता जिल्ला प्रशासन कार्यालय बझाङका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले जग्गाको मुअब्जा निर्धारण सम्बन्धी आज मुख समितीको बैठक बसेर मुअब्जाका विषयमा सवै कुरा टुंगोमा पुर्याएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुअब्जा निर्धारण मुल समितीले गरेको निर्णय नै अन्तिम हुने भएका कारण जग्गाको निर्धारण गर्ने काम सम्पन्न भई कार्यान्वयनको बाटोमा गइसकेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको निर्णय अन्तिम हुने भएकाले आगामी दिनमा प्रभावित क्षेत्रको जग्गाको मुअब्जामा फेर बदल हुन नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी चनले बताउनुभयो

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.