No.1 News Portal from Sudurpashchim Province
bajaj

केदारस्युँ गाउँपालिकाले गन्यो कार्यालय कामको सुरुवात राष्ट्रिय गानबाट

रमेश बहादुर सिंह बझाङ ।बझाङको केदारस्युँ गाउँपालिकाले कार्यालयको काम सुरु गर्नु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । राष्ट्रिय गानको सम्मान र जिम्मेवारीता बढाउन कार्यालय सुरु हुनु अघि राष्ट्रिय गानमा सरिक भएर मात्रै कर्मचारी र जनप्रतिनिधिले काम सुरुवात गर्नेछन् ।

गाउँपालिकाले चैत गतेदेखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको जनाएको छ ।

प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले जानकारी दिए ।

pm office

उनले राष्ट्रिय गानपश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।

यस्तै राष्ट्रिय गानलाई निरन्तरता दिने र आम नागरिकलाई नयाँ सन्देश दिन खोजेको उनले बताए । उनले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको बताए ।

‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने र सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने पनि हाम्रो विश्वास छ’, उनले भने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.