No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि पंसेरामा थन्कियो

मर्मत गर्न गाउँपालिकाले चासो नदिएको स्थानीयको दाबी

गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि पंसेरामा थन्किएको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा एक वर्षदेखि एम्बुलेन्स थन्किएको हो ।

मर्मत सम्भारको अभावमा सुदूरपश्चिम प्रदेश ०१–००१झ ३४६ नम्बर एम्बुलेन्स थन्किएको हो । एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सका टायर,लगायत अन्य पाठपुर्जा बिग्रिसकेका छन् । एम्बुलेन्स मर्मत सेवा नपाउँदा थन्किएको स्थानीय बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिकमा डिलासैनी गाउँपालिकालाई ३९ लाखको ‘बी ग्रेड’को अत्याधुनिक एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको थियो । केही वर्ष एम्बुलेन्स राम्रैसँग चलेको थियो । एम्बुलेन्सबाट स्थानीयले सेवा पनि पाए ।

गाउँपालिकाले मर्मत गर्न चासो नदिएकोले एम्बुलेन्स थन्किएको स्थानीयको दाबी छ । एम्बुलेन्स अभावमा गाउँपालिकाका सेवाग्राही सास्ती भोग्दै आएका छन् । एम्बुलेन्स सञ्चालन ल्याउन पालिकाले चासो नदिएको स्थानीयको गुनासो छ ।

pm office

एम्बुलेन्स नहुँदा बिरामीहरूले भने सास्ती भोग्नुपरेको छ । एम्बुलेन्स जस्तो संवेदनशील साधन एक वर्षदेखि यसरी थन्किँदा समेत चासो नदिएको भन्दै जनप्रतिनिधिहरूको आलोचना हुन थालेको छ ।

अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको भन्दै आलोचना भएको हो । बिरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्स नै थन्किएको छ । गाउँपालिकाले मर्मत नगरिदिएर जनतालाई एम्बुलेन्स सेवाबाट बञ्चित गरेको स्थानीयको गुनासो छ ।

गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले लामो समय असुरक्षित तरिकाले राखिएको एम्बुलेन्स मर्मत गरेर चलाउन धेरै खर्च उठ्ने अवस्थामा रहेको र धनगढीबाट मेकानिक मगाई मर्मत गरेर सामाजिक विकास मन्त्रालयललाई नै बुझाउने तयारी रहेको बताए ।

‘एक त मर्मत गर्नमा नै बढी खर्च लाग्छ, पटक पटक बिग्रन्छ,मर्मत गरेर चलिहाले पनि कहिले धनगढी त कहिले नेपालगञ्ज गर्दा केही दिनमा फेरि बिग्रिहाल्छ,’ उनले भने, ‘ एम्बुलेन्स मर्मत गरेर गरेर सामाजिक विकास मन्त्रालयललाई नै बझाउँछौं । नयाँ सानो एम्बुलेन्स माग गछौं । त्यो एम्बुलेन्स हाम्रो यहाँको लागि उपयुक्त छैन् । त्यसैले बढी खर्च गरेर पुरानो मर्मत गरेर चलाउनु भन्दा अब छिट्टै गाउँकार्यपालिकाको बैठक बसेर नयाँ सानो एम्बुलेन्स माग गछौं । ’

सुदुरपश्चिम प्रदेश सरकारले २०७५/०७६ को बजेटमा ७ वटा पहाडी जिल्ला, दार्चुला,बैतडी,डडेल्धुरा, बझाङ, अछाम, बाजुरा र डोटीका १६ वटा निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.