गोेकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका -९ स्थित शैल्य मालिकार्जुन जगतपुरी शिवधाम तीर्थ स्थलको तेस्रो साधारण सभा स्थगित भएको छ । शनिबार विहान ११ बजे जगतपुरी शिवधाम बस्ने तय भएको साधारण सभा स्थगित भएको हो ।

शिवधाम तीर्थ स्थल विकाश समितिका आजीवन सदस्य,कार्यसमिति सदस्य,सरोकारवाला निकाय लगायत अन्य साधारण सभामा उपस्थित नभएपछि चैत ११ गते सम्मका लागि स्थगित गरिएको शिवधाम तीर्थ स्थल विकाश समितिका आजीवन सदस्य एवंम समाजसेवी पुर्णबहादुर साउँदले बताए ।
उनका अनसार तेस्रो साधारण सभा चैत ११ गते विहान ११ बजे हुने छ ।



