No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच स्ववियु चुनावमा तालमेल,कसको भागमा के पर्‍यो ?

गोकुलेश्वर। दार्चुलामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र नेकपा माओवादी केन्द्रको अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन(क्रान्तिकारी) बीच तालमेल भएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दार्चुला जिल्ला कमिटी बीच चैत ५ र चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि दुवै संगठनले एउटै प्यानलसहित निर्वाचनमा जाने सहमति भएको अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य एवंम अनेरास्ववियु स्ववियु  निर्वाचन लक्षित गोकुलेश्वर क्याम्पसका इन्चार्ज राजेशसिंह बिष्टले बताए ।

सहमति अनुसार अनेरास्ववियुले दार्चुला बहुमुखी क्याम्पको सभापति,कोषाध्यक्ष र २ सदस्य,गोकुलेश्वर बुमुखी क्याम्पसको सचिव,कोषाध्यक्ष र ३ सदस्य,लाली स्नातक क्याम्पसको सभापति,कोषाध्यक्ष र २ सदस्य पाउने छ ।

यस्तै संकरपुर स्नातक क्याम्पसको सभापति,सचिव र २ सदस्य, दत्तु स्नातक क्याम्पसको सभापति,सचिव र २ सदस्य, मार्मा स्नातक क्याम्पसको सचिव र १ सदस्य पाउने भएको छ ।

pm office

यसैगरी अनेरास्ववियु (क्रान्तिकारी)ले दार्चुला बहुमुखी क्याम्पको सचिव सहित ३ सदस्य, गोकुलेश्वर बुमुखी क्याम्पसको सभापति सहित २ सदस्य, लाली स्नातक क्याम्पसको सचिव र १ सदस्य पाउने भएको छ ।

संकरपुर स्नातक क्याम्पसको कोषाध्यक्ष र १ सदस्य,दत्तु स्नातक क्याम्पसको कोषाध्यक्ष र १ सदस्य, मार्मा स्नातक क्याम्पसको सभापति,कोषाध्यक्ष र २ सदस्य पाउने छन् । अपिनाम्पास्नातक क्याम्पस हुतीमा विद्यार्थी भना नहुँदा निर्वाचन स्थगित गर्ने निर्णय गरेका छन् ।

शनिबार(आज) दुवै संगठनबीच भएको सहमतिपत्रमा अखिल क्रान्तिकारीका स्ववियू निर्वाचन संयोजक दिपक जोशी र अनेरास्ववियुका स्ववियू निर्वाचन संयोजक खडक बडालले हस्ताक्षर गरेका छन् । यस्तै सहमतिपत्रमा अनेरास्ववियु दार्चुलाका कोषध्यक्ष कृष्णसिंह धामी र क्रान्तिकारीका जिल्ला कमिटी सचिवालय सदस्य धनसिंह धामीले हस्ताक्षर गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयसहित मुलुकका सबै आंगित क्याम्पसमा चैत ५ र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.