गोकुलेश्वर। नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियलले गणतन्त्रलाई संस्थागत विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अवान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा संगठनको गम्भीर ध्यानाकर्षण जनाउँदै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालय सिंहदबारमा पुगेर वाइसियल अध्यक्ष सुवोध शेर्पाली नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।

अहिलेसम्मका उपलब्धिविरुद्ध षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष माग गरेका छन् ।
तत्कालीन सरकार र माओवादीबीच भएका १२ बुँदे समझदारी, शान्ति सम्झौता र संक्रमणकालीन न्यायकाविरुद्ध भइरहेका चलखेल र षड्यन्त्रप्रति ध्यानाकर्षण भएको युवा संगठन वाइसियलले जनाएको छ ।




