No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एस दार्चुलाको चौंथो विस्तारीत बैठक सम्पन्न

संगठन सुदृढीकरण,निमार्ण अभियान १ महिना सम्म चल्ने

गोकुलेश्वर। नेकपा एकीकृत समाजवादी दार्चुला जिल्ला कमिटिको चौंथो विस्तारीत बैठक सम्पन्न भएको छ ।

नेकपा एस दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुननाको अध्यक्षतामा मंगलबार सम्पन्न भएको बैठकले जिल्लाका ९ ओटै पालिकामा संगठन सुदृढीकरण,संगठन निमार्ण अभियान सञ्चालन गर्ने कार्ययोजना निमार्ण गरेको गरेको अध्यक्ष ठगुन्नाले बताए ।

pm office

उनका अनुसार संगठन सुदृढीकरण,संगठन निमार्ण अभियान चैत १० गतेखेखी सुरु हुने छ । अभियान १ महिना सम्म चल्ने भएको छ । अभियानका दौरानमा संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गर्ने लगायतका कामहरु गरिने छन् ।

विस्तारीत बैठकमा नेकपा एसका पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली प्रमुख अतिथि रहेको थिए भने विशिष्ट अतिथि नेकपा एसका केन्दीय सदस्य एवंम दार्चुला इन्चार्ज नरेन्द्र बिष्ट रहेका थिए ।

यसैगरी बेठकले नरेश जोशी,बसन्ती ठगुन्ना,आनसिंह धामी,भासिंह धामी,धनीषा पाल र राजेन्द्र महतालाई जिल्ला कमिटीमा मनोनित गरेको छ ।उनीहरुलाई पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली सपथ ग्रहण गराएका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.