No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा चितुवा मृत अवस्थामा फेला पर्‍यो

गोकुलेश्वर।दार्चुलामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका -२ स्थित कालीपातल सामुदायिक वनको घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको हो ।

घट्टेखोलामा सोमबार चितुवा मृत अवस्थामा फेला परेको चौलानी सव डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले जानकारी दिए ।

उनका अनुसार चितुवा मृत अवस्थामा देखेपछि स्थानीय माधव जोशीले इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई खबर गरेका थिए ।त्यसपछि प्रहरी,सव डिभिजन वन कार्यलयको टोली,जनप्रतिनिधि र स्थानीय घटनास्थल गएका थिए ।

pm office

चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भिरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवाको लम्बाई ५ फिट ३ इन्च र चौडाई २ फिट १ इन्च रहेको छ । चितुवाको टाउकोमा गहिरो चोट लागेको थियो ।

चितुवालाई गोकुलेश्वर अस्थायी प्रहरी पोस्ट नजिक जनप्रतिनिधि, प्रहरी,सव डिभिजनको टोली,पशु सेवा कार्यालय गोकुलेश्वरका कर्मचारी र स्थानीयको रहोवरमा गाडेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.