No.1 News Portal from Sudurpashchim Province
bajaj

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

गोकुलेश्वर। राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ -र १२) सानोठिमी, भक्तपुरले २०८० सालमा सञ्चालन गरिने कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

pm office

परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । तालिका अनुसार जेठ ५ गते परीक्षा सकिनेछ ।

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.