गोकुलेश्वर। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार प्रदेश सभा बैठकबाट शाहले विश्वासको मत पाएका हुन ।

शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरेका छन् । विपक्षमा ११ सांसदले मत पर्यो । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।
मतदानमा ५२ जना प्रदेश साँसद उपस्थित थिए। शाहले दुई तिहाइ बढि मत पाएका हुन । कांग्रेस नेतृत्वको सरकारलाई माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
नेकपा एमाले र राप्रपाले शाहलाई विश्वासको मत दिएन ।



