अपिहिमाल गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गर्यो
कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा लागु हुने
गोकुलेश्वर।दार्चुलाको अपिहिमाल गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।

आइतबार(आज) अपिहिमाल गाउँपालिकाको आर्थिक सहयोग र जेष्ठ नागरिक समाज खण्डेश्वरीको आयोजनामा वडा नम्बर ४ का जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए ।
उनका अनुसार कम्बल वितरणको कार्यक्रम वडा नम्बर ४ बाट सुरु गरिएको हो ।कम्बल वितरण कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा लागु हुने अध्यक्ष बोहराले बताए ।




