No.1 News Portal from Sudurpashchim Province
bajaj

अपिहिमाल गाउँपालिकामा एक घर एक धारा निर्माण

गोकुलेश्वर। दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा एक घर, एक धारा निर्माण भइरहेका छन् । सात हजार बढी जनसंख्या तथा १२ सय ७३ घरधुरी रहेको अपिहिमालमा हालसम्म नौँ सय बढी घरमा धारा निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षभित्रै एक हजार बढी घरधुरीमा धारा निर्माण गरिसक्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए।

अपिहिमाल गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण अन्तरगत पालिका भित्र खानेपानी तथा सरसफाइ, जिबिकोपार्जन, जलवायु अनुकुलन तथा प्रकोप जोखिम न्युनिकरण र सुशासनको क्षेत्रमा आर्थिक सहयोग गर्ने दुई देशका राजदुतको उपस्थितिमा खानेपानी आयोजनाहरुको उद्धघाटन गरिएको छ ।

नेपालका लागि फिनल्यान्डका राजदुत प्रिति एन्टिनेन र युरोपियन युनियनका राजदुत नोना डेप्रेजले अपिहिमाल गाउँपालिका भित्र सम्पन्न भएका कुर्मुल, खत्तोली र झुस्कुचौड खानेपानी तथा सरसफाइ योजनाको उद्धघाटन गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए ।

pm office

कार्यक्रममा अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि, राजदुतहरु, दार्चुला जिल्लाका जलस्रोत सल्लाहकार लव राज पन्त, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कर्मचारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

राजदुतहरुले अपिहिमाल गाउँपालिकाको भौगोलिक बिकटता, भेषभुसा, रहनसहन र प्राकृतिक सौन्दर्यतालाई अवलोकन गर्दै फेरीपनि विभिन्न कार्यक्रम मार्फत गाउँपालिका भ्रमण गर्ने चाहाना व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।

एक घर एक धारा कार्यक्रम अन्तरगत अपिहिमालमा हालसम्म आठ वटा स्किम तथा आयोजना सम्पन्न भइसकेको र छ वटा स्किम निर्माणाधिन रहेको बताइएको छ । अपिहिमाल गाउँपालिकाको प्रतेक घरमा खानेपानीको धारा निर्माण गर्ने चुनाबी घोषणा र लक्ष्य अनुसार १३ सय घरधुरीमध्ये अहिलेसम्म नौँ सय बढी घरधुरीमा धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । बाकी घरधुरीमा समेत अगामी वर्ष खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाई छ ।

अपिहिमाल गाउँपालिका -६ सितोलामा एक घर एक धारा नभएकोले पहिलेको स्किमलाई मर्मत गरेर नयाँ परियोजना अनुसार निर्माण गर्न गाउँपालिकाको तर्फबाट प्रस्ताव गरिएको अध्यक्ष मन्यालले बताए । एक घर एक धारा अन्तरगत खानेपानीको धारासंगै सिचाई ट्याङ्की, कसेराबारी र घट्ट लगायत बहुउपयोगिताको अवधारण अबलम्बन गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.