No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा खुलेआम निजी गाडी धमाधम सवारी बोक्दै,नियमनकारी निकाय चुपचाप !

गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीहरुले धमाधम सवारी बोक्ने गरेका छन् ।

गोकुलेश्वर बजारबाट सावारी बोकेर झरकाँडा,बोहरीगाउँ,मार्मा,गन्ना,धुलीगडा,लेकमको रिठाचौपात लयागत जिल्लाका अन्य ठाउँमा जाने निजी जीपहरुले खुलेआम सिट क्षमता भन्दा बढी यात्रुहरु बोक्ने गरेका छन् ।

निजी गाडीले भाडाका यात्रु बोक्न नपाउने नियम छ ।, तर गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीहरुले धमाधम सवारी बोकेर भाडामा चलाई रहेका छन् । हाल यहाँ रातो नम्बर लिई यात्रु बोक्ने कार्यमा जीपहरु रहेका छन् ।

सवारीको क्षमता अनुसार यातायात कार्यालयले सवारी अनुसार यात्रु बोक्ने क्षमताको स्वीकृत दिएको भएपनि गोकुलेश्वरबाट यात्रु बोकेर जिल्लाका अन्य ठाउँहरुमा जाने रातो नम्बर प्लेटका जीपहरुलेमा क्षमता भन्दा बढी हुलका हुल यात्रु हालेर यात्रुलाई दुःख दिने गरेका छन् ।

गोकुलेश्वरमा अधिकांश निजी गाडीले दैनिक रुपमा भाडाका यात्रु बोक्ने गरेका छन् । भाडामा यात्रु बोक्ने सवारी साधन फरक भए पनि रातो प्लेटले रिजर्भको नाममा यात्रुलाई लुट्नसम्म लुटेका छन् ।

pm office

यहाँ अधिकांश रातो प्लेटका गाडीले सवारी बोक्दा कालो प्लेट अर्थात् भाडाका सवारी साधन मारमा पर्ने गरेका छन् । भने राज्यलाई समेत राजस्वमा लाखौंको घाटा हुने गरेको छ ।

कालो प्लेट सार्वजनिक सवारी साधनले रुट परमिट वाफतको कर,जाँच पास र तोकिएको रुट परमिट बेगर सडकमा सवारी सञ्चालन गर्न राजस्व तिर्नुपर्ने हुन्छ । तर रातो नम्बर प्लेटका सवारीले नेपालभर सञ्चालन अनुमति हुने हुँदा कर तिर्नुपर्ने बाध्यता छैन् ।,जसले गर्दा राज्यलाई राजस्व घाटा हुने गरेको छ ।

रातो नम्बर प्लेटको सवारीले भाडाका यात्रु बोक्दा कालो नम्बर प्लेट अर्थात् सार्वजनिक यातायातका सवारी धनी पनि मर्कामा पर्ने गरेका छन् । रातो प्लेटका सवारी भाडामा प्रयोग गर्दा स्वयम् यात्रुलाई पनि समस्या हुने गर्छ । सार्वजनिक सवारी साधनमा यात्रुको बिमादेखि औषधि उपचारको व्यवस्था हुन्छ ।

तर निजीमा यो कुनै व्यवस्था हुँदैन् । जसले गर्दा यात्रु पनि असुरक्षित हुन्छन् । गोकुलेश्वरमा चल्ने अधिकांस जीप हरुका कागजपत्र समेत नभएको पाइएको छ । यती हुँदा समेत सम्बन्धित निकायले चासो दिन सकेको छैन् । रातो नम्बर प्लेटका सवारी साधन भाडामा प्रयोग गर्न नपाईने अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इन्चार्ज नविन ठगुन्नाले बताए ।

‘हामीले भाडामा लागेका रातो प्लेटका सवारी साधनलाई कारवार्ही गरिरहेका छौं । पटक पटक यस्तो गरिएको पाइएमा गाडीलाई पक्राउ गरेर यातायात व्यवस्था कार्यालयलाई बुझाउने छौं ।’  उनले भने ‘हामीले ठूलो कारवाही गर्न मिल्दैन्,बढीमा जरिवाना गर्ने गरेका छौँ।त्यसो गर्दा समेत मानेन भने गाडीलाई पक्राउ गरेर यातायात व्यवस्था कार्यालयलाई बुझाउने छौं । थुप्रै यस्ता सवारीहरुलाई कारवाही गरेका छौं । हामीले कारवाही नै नगरेको भन्ने होइन् ।’

ट्राफिक प्रहरीले पटक पटक कारवाही गर्दा समेत निजी सवारी साधनका साहूहरुले विभिन्न बहानामा भाडामा चलाउने गरेका छन् । रातो प्लेटका सवारीलाई प्रयोजन विपरीतका गतिविधिमा संलग्न गराउन नपाइने आवाज बेलाबखतमा उठे पनि उचित निगरानीकै अभावमा नियन्त्रण हुन सकेको छैन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.