गोकुलेश्वर। बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरोनाका बिरामीको उपचारका लागि सहज होस भनेर नगरपालिकाले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् ।

केही दिन अघि अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि नगरपालिकाले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर शुक्रबार अस्पताललाई हस्तान्तरण गरेको हो ।
जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि कोभीडका बिरामीहरुको उपचारमा सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।



