No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभाका सभामुख भीम भण्डारीलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको बताए ।

आइतबार दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको छ । संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।

pm office

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता शाह तत्कालिन मुख्यमन्त्री नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएकै भोलिपल्ट शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा(एकीकृत समाजवादी) का नरेश शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन ब्युँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन् ।

फेरिएको समीकरणअनुसार मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र समेत गरेर ४१ जना देखिएका छन् ।

सबै मत प्राप्त गरेमा शाहले दुई तिहाइ भन्दा बढि मत पाउनेछन् । नेकपा एमालेका १० र राप्रपाका १ जना सांसदको भने मत  नपाउने भएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.