गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकामा बिहीबार नेपाल शिक्षक संघको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

डिलाशैनी गाउँपालिका-६ मा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसमा सम्पन्न भएको अधिवेशनबाट धुर्वबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरीएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस डिलाशैनी गाउँ कार्यसमिति सभापति जयराज जोशी प्रमुख अतिथिमा रहेका थिए।सो कार्यक्रममा बोल्दै सभापति जोशीले शिक्षकहरुको पेशागत हकहितका लागि पार्टीको पूर्ण साथसमर्थ रहने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।



