No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा ड्युटी खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु

गोकुलेश्वर। बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको मृत्यु भएको हो ।

pm office

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेका थिए । त्यसपछि उद्धार गरेर उनलाई उपचारका लागि पाटनस्थित अस्पताल पु-याएको थियो ।

उपचारको क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चौधरी कैलालीका बासिन्दा हुन । उनको मृत्युको कारण खुलेको छैन् । शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.