No.1 News Portal from Sudurpashchim Province
bajaj

श्रीकोट बहुमुखी क्याम्पसको १०औँ बार्षिकोत्सव सम्पन्न

गोकुलेश्वर। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३स्थित श्रीकोट बहुमुखी क्याम्पसको १०औँ वार्षिकोत्सव समारोह विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

pm office

क्याम्पस संचालक समिति अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए ।

बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष कार्कीले क्याम्पसको विकासका लागि पालिकाले विगतदेखि नै सहयोग गर्दै आएको बताए । पालिकाले क्याम्पसको भौतिक व्यवस्थापन र शैक्षिण्क गुणस्तर सुधारका लागि सहयोग गरेको बताउँदै उनले आगामी दिनमा पनि सहयोग निरन्त रहने बताए ।

बार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख दानसिंह कार्कीले १ करोड २५ लाख ८१ हजार बराबरको आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.