गोकुलेश्वर। बैतडीमा एक जना शिक्षकले जनप्रतिनिधि माथि हातपात गरेका छन् । जिल्लाको सिगास गाउँपालिका–६ स्थित गणेश माध्यमिक विद्यालयका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई हातपात गरेका हुन ।

शेरा–लेकम सिचाइँ योजनाका बारेमा बिवाद हुँदा शिक्षकले वडा सदस्यलाई कुटपिट गरेको घटना पालिकाको न्यायीक समितिमा पुगेको छ । वडा सदस्य साउँदको टाउको र औँलामा चोट लागेको छ। उनले न्यायीक समितिमा उजुरी दिएका छन् ।
साउँद कार्यबाहक अध्यक्षको रुपमासमेत काम गरिरहेका थिए । घटनाको बारेमा जानकारी आएको र वडा अध्यक्षसहित जनप्रतिनिधि बसेर आवश्यक प्रक्रियामा जाने पालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक धाना धामीले बताइन ।
आरोपित शिक्षकलाई यस विषयमा बुझ्न खोज्दा फोन उठेन।



