No.1 News Portal from Sudurpashchim Province
bajaj

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ६१ सहसचिवको सरुवा

गोकुलेश्वर। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले शुक्रबार ६१ जना सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।

pm office

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्‍यामप्रसाद भण्डारी प्रदेश-१ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् ।

यस्तै प्रदेश-१ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सहसचिव शिवकुमार कार्कीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरूवा गरिएको छ ।

गृहमन्त्रालयमा कार्यरत सहसचिव उमेश कुमार ढकाललाई मधेश प्रदेशको प्रदेश तथा नीति योजना आयोगमा पठाइएको छ भने गृहकै अर्का सहसचिव प्रेमप्रसाद भट्टराईलाई मधेश प्रदेशको अर्थमन्त्रालयमा सरूवा गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.