No.1 News Portal from Sudurpashchim Province
bajaj

डिफेन्डर रामोस र क्रोएसियाका लोभ्रेनले गरे सन्न्यासको घोषणा

गोकुलेश्वर। अन्तर्राष्ट्रिय फुटबलबाट स्पेनका डिफेन्डर तथा पूर्वकप्तान सर्जियो रामोस र क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले सन्न्यासको घोषणा गरेका छन् ।

pm office

रामोस र लोभ्रेनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) का डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे ।

रामोसले सन् २०१० मा फिफा विश्व कपको उपाधि जितेका थिए । यस्तै स्पेनले सन् २००८ र २०१२ मा युरो कप जित्दा रामोस टोलीमा रहेका थिए । उनले स्पेनका लागि १ सय ८० खेलमा २३ गोल गरेका छन् ।

यस्तै क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले ३३ वर्षको उमेरमा सन्न्यास लिएका हुन् । उनले क्रोएसियाका लागि ७८ खेल खेलेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.