
गोकुलेश्वर। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३५३ जनाको पीसीआर परीक्षणमा ८ हजार ४०७ र ८७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०० जना गरी कुल ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।



