No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका घर भएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

गोकुलेश्वर। दार्चुलाका घर भएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत दार्चुलाको (साविक) अपी नगरपालिका -६ घर भएका २६ वर्षीय कवीन्द्र विक मृत भेटिएका हुन् ।

pm office

उनको कन्चटमा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो ।

मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.