गोकुलेश्वर । कञ्चनपुरमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा–चाँदनीमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको हो । अर्का व्यक्ति घाइते भएका छन् ।

दोधारा–चाँदनी नगरपालिका–९ कालिकास्थित सडकमा सुपप्र ०२००४ प ०८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार १७ वर्षीय करन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



