No.1 News Portal from Sudurpashchim Province
bajaj

मध्यावधिमा गए जनताले लखेट्छन् : मुख्यमन्त्री शाह

गोकुलेश्वर। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनमै विश्वासको मत लिने बताएका छन् । उनले प्रदेश सभाबाट आफूले विश्वासको मत पाउने पनि दाबी गरे ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसंग कुराकानी गर्दै शाहले विश्वासको मतका लागि राजनीतिक दलहरु सकरात्मक भएको र केही दिनमा विश्वासको मत लिने दाबी गरेका हुन ।

pm office

सुदूरपश्चिममा मध्यावधि चुनाव नहुने बताउँदै उनले आफू नेतृत्वको सरकार  पाँच वर्ष चल्ने समेत दाबी गरे । ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ, केही दिनमा हामी विश्वासको मत लिन्छौँ’ उनले भने, ‘सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ ।’

मध्यावधि चुनावमा जाने कुनै दलको चाहना नभएकाले त्यस्तो कल्पना नगर्न उनले आग्रह समेत गरे । ‘मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उनले भने ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्तिले रावललाई विश्वासको मत दिएको थिएन ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम  प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतमा शाह २६ माघमा सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.