गोकुलेश्वर । भीमदत्त नगरपालिका–९ स्थित नेपाल–भारत सीमावर्ती बजार ब्रह्मदेवमा सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट ९बीओपी० ब्रह्मदेवका दुई जना सशस्त्र प्रहरीमाथि भारतीय नागरिकहरुले आक्रमण गरेका छन। सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना भारतीय नागरिकहरुलाई शनिबार कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीमाथि आक्रमण गरेको जानकारी आएपछि आक्रमण गर्ने भारतीय नागरिकहरु लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ ।
भारतीय नागरिक ब्रह्मदेवस्थित सिद्धबाबा मन्दिर दर्शन गर्नका लागि आएका थिए। उनीहरु अधिकाँसले मादक पदार्थ सेवन गरेको पाइएको छ।



