No.1 News Portal from Sudurpashchim Province
bajaj

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी आज रिहा हुँदै

गोकुलेश्वर। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी लगायत ४ जना आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

pm office

१० बजे पछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चार जनाको मात्रै सजाय माफी भएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.