गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका -९ गोकुलेश्वरमा बृहत लोक सांस्कृतिक महोत्सव सुरु भएको छ। आज शनीबार देखि सुरु भएको महोत्सव फागुन ११ गतेसम्म लाग्ने छ।


महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवलाई शान्तिपुर्ण र भयरहित बनाउन सुरक्षाकर्मी खटाइएको छ ।

महोत्सव अवलोकनका लागि रु १०० शुल्क तोकिएको छ । महोत्सवले दार्चुलाको धार्मिक, सांस्कृतिक तथा आर्थिक, र पर्यटकिय स्थललाई अझ लोकप्रिय र प्रभावकारी बनाउनमा सहयोग पुग्ने आकलन गरिएको छ ।



