गोकुलेश्वर। दार्चुलाका एक पुरुषको भारतमा रेलको ठक्करबाट मृत्यु भएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका—१ भर्तोला घर भई हाल रोजगारीको सिलसिलामा भारतको उत्तर प्रदेश मुरादावादमा कार्यरत अन्दाजी ४५ वर्षीय केशर बोहराको रेलको ठक्करबाट मृत्यु भएको आफन्त हरिश बोहराले बताए।
शुक्रबार बिहान करिब ९ बजेतिर रेलले बोहरालाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको आफन्त बोहराले बताए ।
मृतक बोहराको घरमा ३ छोरा १ छोरी र श्रीमती रहेका छन् ।



