No.1 News Portal from Sudurpashchim Province
bajaj

आईसीसी विश्वकप : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

 

गोकुलेश्वर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ।

pm office

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा घरेलु टोली नेपाल स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ। यसो त आईसीसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने छैन।

कीर्तिपुर खेल मैदानमा बुधबार भएको खेलमा नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै स्कटल्याण्ड लिग २ को विजेता बनेको थियो। स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.