No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा आफ्नै विद्यार्थीले शिक्षकलाई कुट्न रड देखाएपछि…

गोकुलेश्वर। दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय प्रशासनले चार विद्यार्थी निष्काशन गरेको छ। विद्यालयमा झैझगडा र शिक्षकमाथि आक्रमण गर्ने धम्की दिने चार विद्यार्थीलाई निष्काशित गरिएको हो ।

pm office

बुधबार ती विद्यार्थीहरुले सोही विद्यालयकै अर्को कक्षामा पढ्ने एक जना विद्यार्थीलाई कुटपिट गरेका थिए। त्यसपछि विद्यालय प्रशासनले ती विद्यार्थीलाई झिकाएर छलफल गर्दा माफी नमागेको र शिक्षकलाई समेत धम्की दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य लालसिंह महराले बताए ।

‘विद्यार्थीलाई कुटपिट गरेपछि छलफल गर्दै माफी माग्न भनेका रहेछन्, उनीहरु माफी मागेनन्, त्यसपछि निष्काशित गरिएको हो,’ उनले भने, ‘निष्काशित पत्र च्यात्दै उनीहरुले रड लिएर शिक्षकहरुलाई नै कुट्ने भनेर धम्की दिएका थिए ।’

विद्यालय प्रशासनले निवेदन दिएपछि प्रहरीले ती चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। विद्यार्थीलाई कुटपिट गरेपछि निष्काशित गरिएकोले कारबाहीको माग गरेर विद्यालयले निवेदन दिएपछि चार विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। ‘उनीहरुलाई हामीले झिकाएका छौं, सोधपुछ गरिरहेका छौँ,’ उनले भने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.